Media News & Publications

नेपाल हाइड्रोको खुद नाफा ३८.६६ प्रतिशत बढ्यो,जगेडा कोषमा ४२६ प्रतिशतले सुधार ।

नेपाल हाइड्रो डेभलोपर (NHDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आव को यसै अवधिको तुलनामा ३८.६६ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


विक्री गर्दा लाग्ने खर्च र प्रशासनिक खर्च घटाएसँगै हाइड्रोको खुद नाफामा सुधार देखिएको हो । गत वर्षको यसै अवधिमा विद्युत विक्री गर्दा एक करोड १२ लाख रुपैयाँ खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च ५९ लाख ५७ हजार रुपैयाँमा सीमित राखेको छ । हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी भने ११.३७ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा विद्युत बेचेर ८ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ४२६.८१ प्रतिशतले सुधार गरेको छ । हाइड्रोको चुक्ता पूँजी २६ करोड रहेको छ भने जगेडा कोषमा ३ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोको जगेडा कोषमा ५९ लाख १३ हजार रुपैयाँ सञ्चित थियो ।प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात १६.१९ गुणा बढी छ ।
Subscribe Our Weekly Newsletter