Vision & Mission

नेपाल हाइड्रो डेभलोपरको खुद नाफा घट्यो, जगेडा कोषमा आकर्षक बढोत्तरी।

नेपाल हाइड्रो डेभलोपर लिमिटेड (NHDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जगेडा कोषको आकारमा भने आकर्षक वृद्धि गर्दै एक करोड ८९ लाख बढाएको छ । नेपाल हाइड्रो डेभलोपरले यस अवधिमा २ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३.३० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड २२ लाख खुद नाफा आर्जन गरेको थियो ।


यस अवधिमा २६ करोडको चुक्ता पूँजी स्थिर राखेको कम्पनीले जगेडा कोषमा १३८.१६ प्रतिशतले सुधार गरेको छ । गत वर्ष जगेडा कोषमा एक करोड ३६ लाख सञ्चित गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा गिरावट देखिएको हो । गत वर्ष विद्युत बिक्री मार्फत् ६ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८५ लाख ९० हजार घटेर ५ करोड ९१ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ११ पैसाबाट घटेर १६ रुपैयाँ ५५ पैसा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १४.९८ गुणा बढी छ ।
Subscribe Our Weekly Newsletter