Merolagani : Jun 25, 2018
नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDL) ले असार २९ गते रसियन सेन्टर कमलपाेखरीमा ११ अाैं वार्षिक साधारण सभा अाह्वान गरेकाे । कम्पनीले साधारण सभा गर्ने प्रयोजनका लागि असार १३ गते बुधबारदेखि सेयरधनी किताब बन्द गर्ने जनाएको छ ।
गत आवको नाफाबाट कुनै लाभांश प्रस्ताव नगरेको कम्पनीको सभाले ३ जना संस्थापक सेयरधनी र एक जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एक करोड ४४ लाख खुद नाफा कमाएको छ ।