Vision & Mission

नेपाल हाइड्रोले विशेष साधारणसभाका लागि पुस २६ गते बुक क्लोज गर्ने।

नेपाल हाइड्रो डेभलपर कम्पनीले विशेष साधारणसभाका लागि पुस २६ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन पाउनेछन् ।


नेपाल हाइड्रो डेभलपरले माघ ४ गते महेश्वरी सदन नक्सालमा विशेष साधारण सभा डाकेको छ । विशेष साधारणसभा गर्न हाईड्रोले बुधबार नेप्से मार्फत बुक क्लोजको जानकारी गराएको हो । सभामा पुस १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालकको संख्या घटाउने प्रस्ताव पेश हुँदैछ । ६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।
Subscribe Our Weekly Newsletter