Merolagani : Nov 14, 2017
नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDL) को सेयर कारोबार मंगलबारबाट सुरु भएको छ । कारोबारका लागि नेपाल स्टक स्टक एक्सचेञ्जले कम्पनीलाई एनएचडिएल (NHDL) सिम्बोल प्रदान गरेको छ । नेप्सेले पहिलो सेयर कारोबारका लागि ८९ रुपैयाँदेखि २६७ रुपैयाँसम्मको मूल्य प्रदान गरेको हो ।
कम्पनीले गत साउन २७ गतेदेखि ३२ गते तीन लाख ६२ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।
२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि २६ करोड रुपैयाँ पूँजी पुगेको छ । दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।